१० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ ।
शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो । २२३ रनको विशाल लक्ष्य दिल्लीले पूरा गर्न सकेन । दिल्ली ८ विकेट गुमाएर २०७ रनमा समेटिएको हो ।
दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४, पृथ्वी शाले ३७ र डेविड वार्नरले २८, ललित यादवले ३७, रोमन पोविलले ३६ रन जोडेका थिए । अन्य खेलाडीले भने राम्रो अंक जोड्न सकेनन् ।
राजस्थानका प्रसिद्ध कृष्णले तीन, रविचन्द्रन आश्विनले २, युजभेन्द्र चाहल र ओबेद मककायले समान एक/एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको शतकीय मद्दतमा २ विकेट गुमाएर २२२ रन बनाएको थियो ।
ओपनर जोस बटलर एक्लैले विस्फोटक ब्याटिङ गर्दै ११६ बनाएर आउट भए । आईपीएल २०२२ मा बटलरको यो तेस्रो शतक हो । देवदत्त पाडिक्कले ५४, सञ्जु सामसनले ४६ रन जोडे ।
दिल्लीका मुस्ताफिर रहमान र खलिल अहमदले एक/एक विकेट लिए ।
source https://www.onlinekhabar.com/2022/04/1114156
0 comments:
Post a Comment