Wednesday 20 April 2022

१५४ स्थानीय तह जहाँ १०० देखि ३०० मतान्तरले जितको इतिहास रचियो  

८ वैशाख, काठमाडौं । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा केही उल्लेख्य स्थानीय तहमा तीव्र प्रतिस्पर्धा भयो । कतै शून्य मतान्तर हुँदा गोलाप्रथामार्फत् ५ वर्षका लागि नेतृत्व तय गर्नुपर्‍यो भने कतै थोरै मतान्तरले जय-पराजय तय भयो ।

उक्त निर्वाचनमा १०० भन्दा कम मतान्तरले जित हार भएका ८५ वटा स्थानीय तह रहे भने १५४ स्थानीय तहमा १०० देखि ३०० मतान्तरले जित-हार तय भयो । यीमध्ये ५४ नगरपालिका हुन् भने १०० गाउँपालिका हुन् ।

यसपटकको निर्वाचनमा पनि ती क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

१०० देखि ३०० मतान्तरले नेकपा एमालेले ५९ स्थानीय तहमा विजय हासिल गर्न सक्यो भने सोही मतान्तरसहित ४७ स्थानमा दोस्रो स्थानमा रह्यो ।

त्यसैगरी, यही मतान्तरसहित नेपाली कांग्रेसले ५५ स्थानीय तह जित हासिल गर्दा ६२ स्थानीय तहमा निकटत् प्रतिद्वन्द्वीमा सीमित रह्यो । माओवादी केन्द्रले २५ स्थानीय तहमा जित हासिल गर्दा २३ स्थानमा निकटतम् प्रतिद्वन्द्वीमा सीमित रह्यो ।

त्यस्तै, संघीय समाजवादी फोरमले ९ स्थानीय तहमा विजय हात पार्दा ९ स्थानमै निकटम प्रतिद्वन्द्वीको स्थानमा खुम्चियो । तत्कालीन राप्रपा भने १०० देखि ३०० मतान्तरबाट केवल एक स्थानमा निकटतम् स्थानमा खुम्चियो ।

१०० देखि ३०० मतान्तरका नतिजा हेर्नुहोस् ।

पछिल्ला राजनीतिक परिवर्तन र दलहरूबीच बनेको नयाँ गठबन्धनले सिर्जना गरेको नयाँ अंक गणितले यो निर्वाचनमा यी स्थानीय तहमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । दार्चुलाको लेकम गाउँपालिकामा नेकपा एमालेका परमानन्द जोशीले केवल १०० मतान्तरले का‌ंग्रेसका उत्तमनाथलाई पराजित गर्न सके । रामेछापको रामेछाप नगरपालिकामा भने कांग्रेसका उम्मेदवार नरबहादुर थापा मगरले एमालेका रोशन पाख्रिनलाई केवल १०१ मतले पराजित गरे ।

१०३ मतको मतान्तरले एमालेका तीन उम्मेदवारले कांग्रेसका तीन प्रत्याशीलाई निकटम् प्रतिद्वन्द्वीमा खुम्च्याइदिए । एमालेबाट उम्मेदवार बनेका तेह्रथुमको आठराई गाउँपालिका, पाल्पाको तिनाउ गाउँपालिका र दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका क्रमशः मानबहादुर लिम्बु, ओमबहादुर घर्तीमगर र सूर्यबहादुर शाहीले कांग्रेसका  नारायणकुमार ईङ्नाम, महेन्द्र प्रसाद पाण्डेय र गणेशकुमार शाहीलाई केवल १०३ मतान्तरले पराजित गरेका हुन् ।

गत निर्वाचनमा १०० देखि ३०० मतान्तरले विजयी बनेका उम्मेदवारलाई यसपटक विजयी विरासत जोगाउन मुस्किल पर्ने देखिन्छ ।

 



source https://www.onlinekhabar.com/2022/04/1112506

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More