Saturday 16 April 2022

ह्वाट्सएपको ग्रुप भ्वाइस कलमा ३२ जना जोडिन सक्ने, २ जीबीसम्मको फाइल पठाउन सकिने

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा अब ३२ जनासम्म ग्रुप भ्वाइस कलमा जोडिन सक्ने भएका छन् । साथै अब ह्वाट्सएप च्याटमा २ गिगाबाइट (जीबी) सम्मको फाइल पठाउन सकिनेछ ।

हालसम्म ह्वाट्सएपको ग्रुप भ्वाइस कलमा अधिकतम ८ जनासम्म एकसाथ जोडिन सक्थे । त्यस्तै ह्वाट्सएप प्रयोगकर्ताले अधिकतम १ जीबीसम्मको फाइल मात्र पठाउन सक्ने व्यवस्था रहेको थियो ।

यसका अलावा ह्वाट्सएपले अन्य सुविधाहरु समेत थप गर्ने बताएको छ । ह्वाट्सएपले अब च्याट ग्रुपको एडमिनलाई कुनैपनि बेला च्याट डिलिट गर्नसक्ने सुविधा समेत दिएको छ । कम्पनीका प्रवक्ताका अनुसार हटाइएका सामाग्रीहरु ग्रुपका कुनै पनि सदस्यले हेर्न पाउने छैनन् ।

ह्वाट्सएपको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले ह्वाट्सएपमा थप भएका फिचरका बारेमा जानकारी दिंदै फेसबुकमा पोस्ट गरेका छन् । जसमा भनिएको छ– हामीले ह्वाट्सएपको ग्रुपमा नयाँ फिचर थपिरहेका छौं, जसमा प्रतिक्रिया, ठूलो आकारका फाइल शेयरिङ तथा ठूलो संख्यामा ग्रुप कलिङ पनि समावेश छ ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2022/04/1110439

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More