Saturday 16 April 2022

आईपीएलमा दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो

४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

शनिबार रात भएको खेलमा बैंग्लोरले क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो । यो जितसँगै बैंग्लोर ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

१९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ मात्रै बनाएपछि बैंग्लोर विजयी भएको हो ।

दिल्लीका ओपनर डेविड वार्नरले सर्वाधिक ६६ रन बनाएका थिए । ओपनर पृथ्वी शा १६ रनमा आउट भए । कप्तान ऋषभ पन्त ३४, शार्दुल ठाकुर १७,  मिचेल मार्श १४, अक्षर पटेल र कुलदिप यादव १०/१० र ललित यादवले एक रममात्रै जोडे ।

बेंगलोरका जोश हेजलवुडले तीन, मोहम्मद शिराजले २ र वानिन्डु हसरंगा डे सिल्भाले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको बैंग्लोरले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८९ रन बनाएको थियो। बैंग्लोरका दीनेश कार्तिकले ६६ र ग्लेन म्याक्सवेलले ५५ रनको अर्धशकीय पारी खेले ।यस्तै,  शहबाज अहमद ३२, विराट कोहली १२, फाप डु प्लेसिसले ८ र सुयश प्रभुदेसाइले ६ रनको योगदान गरे । अनुज रावत भने पहिलो बलमा आउट भएका थिए ।

दिल्लीका शार्दुल ठाकुर, कुलदीप यादव, खलिल अहमद र अक्षर पटेलले समान एक/एक विकेट लिए ।

बैंग्लोरले हालसम्म पाँच खेल खेलको छ । लगातार तीन खेल तिलेको बैंग्लोर चौथो खेल भने चेन्नेइ सुपर किंससँग हारेको थियो । पुन: पाँचौं खेल जितेर बंग्लोरले अंक तालिकामा सुधार गरेको छ ।



source https://www.onlinekhabar.com/2022/04/1110452

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More