Sunday 17 April 2022

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै, सचिवालय बैठक पनि आजै

५ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन केन्द्रित एजेण्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दै छ ।

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा साँझ ६ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्नेछ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ ।

बैठकमा पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्र लगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।



source https://www.onlinekhabar.com/2022/04/1111062

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More