Sunday 17 April 2022

चेल्सी एफए कपको फाइनलमा

५ वैशाख, काठमाडौं । चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २-० ले हराएर चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो ।

चेल्सीले अब उपाधिका लागि लिभरपुलसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई ३-२ ले पराजित गरेको थियो ।

वेम्बली स्टेडियममा भएको खेलमा चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

रुबेन लेफ्टस चिकले ६५औं मिनेटमा चेल्सीका लागि पहिलो गोल गरेका थिए । ७६औं मिनेटमा मासन माउन्टले गोल थपे ।

 

 



source https://www.onlinekhabar.com/2022/04/1110488

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More