Thursday 21 April 2022

दुई वर्षपछि एसईई दिन पाउँदा…

९ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु भएको छ । आज परीक्षाको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरेको हो ।

परीक्षा ५ लाख १४ हजारभन्दा धेरै परीक्षार्थी छन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।

सामान्यतर्फ ११ हजार ६१५ विद्यालय र प्राविधिकतर्फ २९९ विद्यालयका विद्यार्थीहरु यो वर्ष एसईईमा सहभागी हुनेछन् ।

एसईईमा सबैभन्दा बढी काठमाडौंमा ३६ हजार र सबैभन्दा कम मनाङमा २९ जना परीक्षार्थीहरु रहेको एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । बोर्डले दुई हजार सात परीक्षा केन्द्र र एक उपकेन्द्रबाट परीक्षा सञ्चालन गरेको छ । बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको छ ।

कोरोना महामारीको कारण दुई वर्ष अन्तारिक मूल्यांकन आधारमा नतिजा प्रकाशित हुँदा ग्रेड वृद्धिका लागि परीक्षा दिन नपाएका विद्यार्थीहरुले यो वर्ष दिइरहेका छन् ।

यस वर्ष ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा बोर्डले जनाएको छ । यो वर्ष जापानमा नेपालीले सन्चालन गरेको विद्यालयका विद्यार्थीहरु पनि एसईईमा सहभागी छन् ।

एसईई परीक्षा वैशाख २० गते सकिनेछ । प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्तांक पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर नतिजा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

बोर्डले आगामी साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको अध्यक्ष शर्माको भनाइ छ ।



source https://www.onlinekhabar.com/2022/04/1113527

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More