Sunday 17 April 2022

वडासदस्य सत्यालको मृत्यु

५ वैशाख, काठमाडौं  । काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी बनेका थिए ।  उनी काठमाडौं क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत हुन्।

उनको आइतबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।



source https://www.onlinekhabar.com/2022/04/1111088

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More