१५ वैशाख, काठमाडौं । इन्टर मिलानले अग्रता लिएर पनि कायम राख्न नसक्दा इटालियन सिरी ए मा बोलोग्नासँग हार बेहोरेको छ । बोलोग्नासँग २-१ ले पराजित भएपछि इन्टरले शीर्ष स्थानमा उक्लने मौका गुमायो ।
यस नतिजाले एसी मिलानलाई भने फाइदा पुगेको छ । लिगमा अब चार खेल बाँकी रहँदा एसी मिलानले इन्टरमाथि २ अंकको प्रष्ट अग्रता कायम गरेको छ ।
बोलोग्नाको मैदानमा भएको खेलको तेस्रो मिनेटमै इभान पेरिसिचले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर त्यसलाई इन्टरले कायम राख्न सकेन भने बोलोग्नाले पुनरागमन गर्यो ।
मार्को अर्नाउटोभिचले २८औं मिनेटमा बोलोग्नाका लागि बराबरी गोल फर्काए ।
८१औं मिनेटमा इन्टरका गोलकिपर समिर हान्डानोभिचको गल्तीमा निकोला सानसोनले गोल गर्दै बोलोग्नालाई २-१ को जित दिलाए ।
हारपछि इन्टर ३४ खेलबाट ७२ अंकसहित दोस्रो स्थानमै छ । समान खेलबाट ७४ अंकसहित एसी मिलान शीर्ष स्थानमा छ । बोलोग्ना ३४ खेलबाट ४२ अंकसहित १३औं स्थानमा छ ।
source https://www.onlinekhabar.com/2022/04/1117329
0 comments:
Post a Comment