Sunday 13 November 2022

युएईविरुद्ध नेपालले रोज्यो फिल्डिङ, हरिशंकर र अर्जुनको डेब्यू

२८ कात्तिक, काठमाडौं । युएईविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा केहीबेर अघि टस जितेर नेपालले बलिङ गर्न लागेको हो ।

कप्तान सन्दीप लामिछानेलाई फौजदारी अभियोग लागेपछि नेपाल क्रिकेट संघले यो श्रृंखलादेखि नेपालको कप्तानका रुपमा रोहित कुमार पौडेललाई नियुक्त गरेको छ । आधिकारिक कप्तानका रुपमा रोहितको यो पहिलो श्रृंखला हो । उनले घरेलु वातावरण र दर्शकको साथले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेका छन् ।

उता टी-२० विश्वकप खेलेर फर्किएको युएई टोलीको नेतृत्व सीपी रिजवानले गरेका छन् ।

ओडिआईमा हरिशंकर शाह र अर्जुन साउदले डेब्यू गरेका छन् । अर्जुन विकेटकिपर र हरिशंकर अलराउण्डर हुन् । अर्जुनले केन्या टुरमा टी-२० आईमा डेब्यु गरेका थिए ।



source https://www.onlinekhabar.com/2022/11/1217484

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More