Monday 14 November 2022

राप्ती नदीमा डुबेका किशोरको शव फेला

२९ कार्तिक, दाङ । राप्ती नदीमा डुबेर बेपत्ता भएका एक किशोरको शव तीन दिनपछि फेला परेको छ ।

दाङको राप्ती नदीमा शनिबार नुहाउने क्रममा डुबेर वेपत्ता भएका गढवा गाउँपालिका– १ बडहराका १६ वर्षीय निश्चल यादवको शव मंगलबार बिहान फेला पारेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिइन् ।

१६ वर्षका निश्चल यादव गत कार्तिक २६ गते साथीहरुसँग नुहाउन भन्दै राप्ती नदीमा गएका थिए । किशोर डुबेर खबर पाए लगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य सुरु गरेका थिए ।

नदीमा डुबेकाे चौथो दिनमा गोताखोरको टोलीले दुई सय मिटर पश्चिम झोलुङ्गे पुलको नजिकै शव फेला पारेको हो ।



source https://www.onlinekhabar.com/2022/11/1217989

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More