११ मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा रोचक प्रतिस्पर्धा भएको छ ।
मतगणना सुरु भएदेखि विभिन्न पार्टीका उम्मेदवारले अग्रगता बनाउने र तोड्ने क्रम चलिरहेको छ ।
यसअघि केही समय जनता समाजवादी पार्टीका अशोक कुमार राईले अग्रता लिएकोमा पुन: राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले अग्रता लिएकी छन् ।
गोमाले १२ हजार ८५५ मत ल्याउँदा एमालेको समर्थन पाएका राईले १२ हजार ५०५ मत पाएका छन् ।
यस्तै, समाचार तयार पार्दासम्म माओवादीका मुक्सामहाङ्ग सुब्बाले ९९००, स्वतन्त्र मनोजकुमार मेयाङ्गबोले ६७२८ र राप्रपाका अशोक कुमार राई ५८९१ मत पाएका छन् । सुरुमा राप्रपाका अशोकले पनि अग्रता लिएका थिए ।
source https://www.onlinekhabar.com/2022/11/1225043
0 comments:
Post a Comment