Wednesday 16 November 2022

सत्ता गठबन्धनले आज कोटेश्वरमा चुनावी सभा गर्दै

१ मंसिर, काठमाडौं । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्दैछ ।

गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा आज अन्तिम चुनावी सभा गर्न लागेको हो ।सभा दिउँसो २ बजे कोटेश्वरमा आयोजना गरिएको छ ।

चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यही मंसिर ४ मा हुने निर्वाचनका लागि काठमाडौं-२ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती,  प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयाल उम्मेदवार छन् ।



source https://www.onlinekhabar.com/2022/11/1218953

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More