Saturday 19 November 2022

तनहुँमा कैदीबन्दीले गरे मतदान, पल शाहले भोट हाल्न पाएनन्

४ मंसिर, तनहुँ । जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीले मतदान गरेका छन् ।

कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन ।

कारागारमा ५० पुरुष र ४ महिला गरि कुल ५४ मतदाता छन् । उनीहरुले प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउछन् ।

जिल्ला कारागार तनहुँमै रहेका पल शाहले भने मतदान गर्न पाएनन् । बाल यौन दुरुपयोग कसूरमा थुनामा परेका उनले मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न नपाएका हुन् ।



source https://www.onlinekhabar.com/2022/11/1220427

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More