Sunday 20 November 2022

संखुवासभाका २ वटा केन्द्रमा मतपत्र साटियो

४ मंसिर, संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ स्थित महेन्द्र मावि मानेभञ्ज्याङ मतदानस्थल र चैनपुर नगरपालिका–६ स्थित सरस्वती मावि हिटी टोल मतदान स्थलका ‘ख’ केन्द्रमा मतदान रोकिएको छ ।

महेन्द्र माविको ‘ख’ केन्द्रमा ३१ वटा मतपत्र र सरस्वती माविको ‘ख’ केन्द्रमा ४१ वटा मतपत्र साटफेर भएपछि मतदान रोकिएको हो ।

महेन्द्र माविमा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभामा र सरस्वती माविमा प्रदेश सभाको मतपत्र प्रतिनिधि सभामा साटिएपछि मतदान रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/11/1220611

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More