Monday 14 November 2022

विश्वकपका लागि मेक्सिकोको टिम घोषणा

२९ कात्तिक, काठमाडौं । कतारमा अर्को साता सुरु हुने फिफा विश्वकपका लागि मेक्सिकन टिम घोषणा भएको छ । अर्जेन्टाइन प्रशिक्षक जेरार्डो मार्टिनोले सोमबार मेक्सिकोको अन्तिम टोली घोषणा गरेका हुन् ।

टिममा फरवार्ड राहुल जिमिनेज पनि समावेश छन् ।

समूह सी मा रहेको मेक्सिकोले नोभेम्बर २२ मा पोल्याण्डसँग खेल्दै विश्वकप सुरुवात गर्नेछ ।

मेक्सिकोको टोली

गोलकिपर : गुइलेर्मो ओचाओ, अल्फ्रेडो टालाभेरा, रोडोल्फो कोटा

डिफेण्डर : जोर्ग सान्चेज, केभिन अल्भारेज, नेस्टोर अराउजो, नोहान भसक्वेज, हेक्टोर मोरेनो, सेजार मोन्ट्स, गेरार्डो अर्टेगा, जेसस गालार्डो

मिडफिल्डर : आन्द्रे ग्वार्डाडो, हेक्टोर हेरेरा, चार्ली रोड्रिगेज, एरिक गुटेइरेज, लुइस चाभेज, एडसन अल्भारेज, ओर्बेलिन पिनेडा, लुइस रोमो

फरवार्ड : एलेक्सिस भेगा, हिर्भिन लोजानो, राउल जिमिनेज, रोबर्टो अल्भाराडो, युरिएल अन्टुना, हेनरी मार्टिन, रोगेलिओ पुनेस मोरी



source https://www.onlinekhabar.com/2022/11/1217951

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More