Thursday 17 November 2022

नेपाल र यूएईबीचको अन्तिम एक दिवसीय खेल आज

२ मंसिर, काठमाडौं । नेपालले यूएईसँगको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ ।

बुधवार भएको दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो । यो परिणामसँगै श्रृंखलामा एक/एकको बराबरी भएको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ ।

घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जित्नका लागि नेपाल उच्च मनोबलका साथ मैदान उत्रिंदैछ ।



source https://www.onlinekhabar.com/2022/11/1219604

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More