Saturday 12 November 2022

सनलाई समावेश गर्दै दक्षिण कोरियाको टोली घोषणा

२७ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण कोरियाले शनिबार टोली घोषणा गरेको छ ।

पोर्चुगिज प्रशिक्षक पाउलो बेन्टोले हेउङ मिन सनलाई समावेश गर्दै २६ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रिमियर लिग क्लब टोटनहमबाट खेल्ने सन घाइते भएका थिए । च्याम्पियन्स लिगमा मोनाको विरुद्ध खेल्ने क्रममा उनलाई आँखामाथि चोट लागेको थियो । सनले शल्यक्रिया समेत गराइसकेका छन् र रिकभरी फेजमा छन् ।

समूह ए मा रहेको दक्षिण कोरियाले पहिलो खेल नोभेम्बर २४ मा उरुग्वेसँग खेल्नेछ ।

दक्षिण कोरियाको टोली

गोलकिपर : किम सेउङ ग्यु, जो ह्योन वु, सङ बम केउन

डिफेन्डर : किम योङ ग्वन, किम मिन जाई, किम जिन सु, होङ चुल, किम मुन ह्वान, यून जोङ ग्यु, किम ताइ ह्वान, क्वोन क्युङ वोन, चो यु मिन

मिडफिल्डर : जङ वू योङ, ना साङ हो, पाईक सेउङ हो, सन जुन हो, सोङ मिन क्यु, क्वोन चाङ हुन, ली जे सुङ, ह्वाङ इन बियोम, जेअङ वु यङ, ली काङ इन

फरवार्ड : हेउन मिन सन, ह्वाङ हि चान, ह्वाङ उइ जो, चो गुए सन



source https://www.onlinekhabar.com/2022/11/1216977

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More