Monday, 7 November 2022

चुनावअघि सहकारीलाई साधारणसभा गर्न रोक

२२ कात्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले मंसिर ४ गतेसम्म सहकारी संघसंस्थालाई साधारणसभा गर्न रोक लगाएको छ ।

प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार सूचना निकालेर साधारणसभा नगर्न निर्देशन दिएको हो ।

साधारणसभा गर्दा केही सहकारीले जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई अतिथि बनाउँदा आचारसंहिता उल्लंघन हुने भएकाले चुनावसम्मका लागि साधारणसभा नगर्न अनुरोध गरिएको मन्त्रालयका उपसचिव नारायणप्रसाद ज्ञवालीले बताए ।

चुनाव नजिकिदै गएको र सहकारीका कार्यक्रमहरुमा उम्मेदवारहरु नैं पुगेर भोट माग्न थालेको गुनासो आउन थालेपछि निर्वाचन अवधिभर साधारणसभा नगर्न निर्देशन दिइएको उनले बताए ।

बागमती प्रदेश नेपालकै धेरै सहकारी भएको प्रदेश हो । पछिल्लो तथ्यांक अनुसार देशभर ३४ हजार ७ सय १२ सहकारी रहेकोमध्ये ११ हजार ५७७ सहकारी बागमती प्रदेशमा मात्रै रहेको छ ।

हेर्नुहोस् विज्ञप्ति :



source https://www.onlinekhabar.com/2022/11/1214803

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More