Friday, 3 September 2021

अर्घाखाँचीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्युु

१९ भदौ,बुटवल । अर्घाखाँचीमा माइक्रो बस (हायस) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ का सन्जय विक रहेको प्रहरीले जनाएको छ ।

काठमाडौबाट अर्घाखाँची जाँदै गरेको बा३ख ८६३९ नम्बरको गाडी शितगंगा-३ को आर्मी ब्यारेक नजिकै सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो ।

चालक सहचालकसहित १३ जना यात्रु सवार रहेकामा दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।



source https://www.onlinekhabar.com/2021/09/1008414

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More