Friday, 3 September 2021

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४०० शय्या बनाइने

१९ भदौ,बुटवल । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४०० शय्याको अस्पतालका लागि पूर्वाधार निर्माण गरिने भएको छ ।

प्रतिष्ठानको शुक्रबार बसेको चौथो सभा बैठकले आर्थिक वर्ष २०८१/०८२ भित्र ४०० शय्या बनाउने निर्णय गरेको हो ।

वैठकले लोकसेवा आयोगसँग समन्वय गरी तयार गरेको ‘शिक्षक तथा कर्मचारीहरु सेवा शर्त नियमावली, २०७८’ लाई सभाबाट स्वीकृत गरी आगामी दिनमा रिक्त दरबन्दीहरुको पदपूर्ति गर्दै जाने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए ।

सभामा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले प्रतिष्ठानको आवश्यक विकास र विस्तारका लागि सरकारी स्तरबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भौतिक पुर्वाधारको यथाशीघ्र विस्तार गरि शैक्षिक कार्यक्रम तथा अस्पताल सेवा विस्तार गर्न आवश्यक बजेट को श्रोत सुनिश्चित गर्नका लागि निर्देशन दिएका थिए ।

सो अवसरमा प्रतिष्ठानले आफ्नो कार्यकालमा अस्पतालले गरेको कार्य प्रगति, शैक्षिक कार्यक्रमका लागि भएका प्रयास, प्रतिष्ठानको लागि आवश्यक जग्गा प्राप्तिको विषयसहित समस्याका बारेमा प्रधानमन्त्री देउबालाई प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीले जानकारी गराएकी थिइन् ।



source https://www.onlinekhabar.com/2021/09/1008417

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More