Sunday, 10 April 2022

जङ्गली च्याउ खाँदा तनहुँमा एक जनाको मृत्यु   

२७ चैत, दमौली । जङ्गली च्याउ खाएर तनहुँमा एक जनाको मृत्यु भएको छ । च्याउ खाएर बिरामी भएको म्याग्दे गाउँपालिका-३ धयरेकी  ४७ वर्षीया सुनिमाया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यही चैत १८ गते जङ्गलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको आइतबार नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

च्याउ खाएर बिरामी उनलाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाँदा दश जना बिरामी भएका थिए ।



source https://www.onlinekhabar.com/2022/04/1107689

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More