Wednesday, 6 April 2022

ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

२४ चैत, काठमाडौं । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।

बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ साढे ५ बजे ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो ।

कार सहित चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/04/1105851

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More