Saturday 16 July 2022

गभर्नर विरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप

१ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

उनीहरुले राष्ट्र बैंकलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैंक वरपर प्रहरीको तैनाथी बढाइएको छ ।

प्रहरी धरपकडपछि फेरि एक ठाउँमा भेला हुँदै नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले गभर्नरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।



source https://www.onlinekhabar.com/2022/07/1158777

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More