Sunday, 10 July 2022

निर्वाचनअघि कुनै पार्टीसँग एकता हुँदैन : माधव नेपाल

२७ असार, धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन् ।

प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म एकता सम्भव नभएको तर वाम शक्तिहरूबीचको एकता आवश्यक रहेको बताएका हुन् ।

‘वाम शक्तिलाई एक ठाउँमा ल्याउन विगतमा पनि हामीले भूमिका खेलेका छौं । अझंै पनि विभिन्न हिसाबले विचार मिल्ने वाम शक्तिहरूसँग सहकार्य गरेर जान तयार छौं’ नेपालले भने, ‘यस अर्थमा संविधान मिच्ने काममा भूमिका नखेलेका, प्रगति र परिवर्तनको पक्षमा भएका तथा समाजवादको यात्रामा रहेका शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्छौं ।’

नेकपा (माओवादी केन्द्र)सँग एकीकरण हुने चर्चा चलेको विषयमा नेपालले अगामी निर्वाचनअघि नै कुनै पार्टीसँग एकता नहुने जवाफ दिए ।

एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि दाबी गरेको विषयमा उनले ठूलो पार्टीको हैसियतले स्वभाविक भएको जनाए ।

एकीकृत समाजवादीलाई अरु पार्टीले साथ दिएको दिन प्रदेश सरकारको नेतृत्व गर्ने उनको भनाइ छ ।



source https://www.onlinekhabar.com/2022/07/1155763

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More