Saturday, 9 July 2022

बकर इदले धार्मिक सद्भाव कायम राख्न प्रेरणा मिलोस् : सभामुख सापकोटा

२६ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बकर इद पर्वले मजबुत राष्ट्रिय एकता र धार्मिक तथा सांस्कृतिक सदभाव कायम राख्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

बकर इदको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले उक्त कामना गरेका हुन् ।

उनले हाम्रा धार्मिक, सांस्कृतिक एवं सामाजिक विविधता एवं पहिचानमाथि गर्व गरिरहँदा यिनको संरक्षण गर्ने सामूहिक दायित्व नभुल्न पनि आग्रह गरेका छन् ।

फरक-फरक जातजाति र धर्मावलम्बीहरुले आफ्ना मौलिक रितिरिवाज एवं चाड पर्वहरु मनाइरहँदा यसबाट हाम्रा धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधता प्रतिबिम्बित भइरहेको र नेपालीपनलाई जीवन्त बनाउन मद्दत पुगिरहेको सभामुख सापकोटाको भनाइ छ ।

सामूहिक रुपमा नमाज पढेर, आफन्त र पि्रयजनहरुसँग शुुभकामना साटासाट गरी मनाइने बकर इद पर्वले शान्ति र भाइचाराको सन्देश दिने सभामुखको विश्वास छ ।



source https://www.onlinekhabar.com/2022/07/1155222

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More