Wednesday 27 July 2022

मिस नेपाल प्रियंकारानी जोशी राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक दूतमा नियुक्त

काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी राष्ट्रिय वाणिज्य बैंकको ब्यवसायिक दूतमा नियुक्त भएकी छन् ।

बुधबार आयोजित समारोहमा द हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकार र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

दूत नियुक्त भएपछि बैंकको व्यवसाय प्रवर्द्धन गतिविधिमा आफू सहभागी हुने जानकारी मिस नेपाल जोशीले दिइन् । साइनिङ समारोहमा पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ पनि सहभागी थिइन् ।

यसैबीच, मिस नेपाल उत्तर अमेरिकाको विशेष अतिथिको रुपमा सहभागि हुन प्रियंका आगामी साता न्यूयोर्क जाने तय भएको छ । यस वर्ष द हिडन ट्रेजर र मिस नेपाल नर्थ अमेरिकाबीच भएको सम्झौताअनुसार उनी अमेरिका जान लागेकी हुन् ।

मिस नेपाल विजेताले उत्तर अमेरिकाको उक्त ब्यूटी पेजेन्टमा भाग लिने सहमति त्यतिबेला भएको थियो ।



source https://www.onlinekhabar.com/2022/07/1164172

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More