Tuesday 19 July 2022

गण्डकीका मुख्यमन्त्री पोरखेललाई कोरोना संक्रमण

३ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो ।

आइतबारदेखि सामान्य रुघा लागेका थियो भने सोमबार बिहानबाट हल्का ज्वरो आएपछि चिकित्सकको परामर्शमा स्वाब दिएका थिए । उनी हाल उहाँ पोखरास्थित सरकारी निवासमै छन् । भोलि बुधबार थप स्वास्थ्य परीक्षण गर्ने तयारी छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले गण्डकीमा ९२ जना होम आइसोलेसन छन्, जसमध्ये कास्कीका ७१ जना छन् ।



source https://www.onlinekhabar.com/2022/07/1160409

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More