Wednesday 20 July 2022

रोल्पामा एक महिनामा थपिए १९५३ मतदाता

५ साउन, रोल्पा । रोल्पामा एक महिनामा १९५३ नयाँ मतदाता थपिएका छन । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलनको क्रममा नयाँ मतदाता थपिएका हुन् ।

निर्वाचन आयोगले गत आसार १ गतेदेखि मतदाता नामावली संकलन सुरु गरेको थियो  । जिल्लाका तीन स्थानमा मतदाता नामावली संकलन कार्य भइरहेको छ ।

रोल्पाको पश्चिमी र उत्तरी भेगका मतदाताका लागि इलाका प्रशासन कार्यालय घर्ती गाउँमा र अन्य भेगका लागि जिल्ला सदरमुकाम लिवाङस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कार्य भइरहेको छ ।

इलाका प्रशासन कार्यालय घर्ती गाउँमा ४९३ र जिल्ला प्रशासन कार्यालय रोल्पा तथा जिल्ला निर्वाचन कार्यालय रोल्पामा १४६० नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रोल्पाका सूचना अधिकारी लभलाइट वलीले जानकारी दिए ।

‘थपिएका मतदातामध्ये ८ जना दुरुस्तै दोहोरिएका र १६ जना मिल्दोजुल्दो गरी दोहोरिएका छन्’ वलीले भने, ‘मतदाता नामावलीमा दोहोरोपना नहोस भनेर काम गरिरहेका छौं ।’

जिल्ला निर्वाचन कार्यालय रोल्पाका अनुसार थपिएका बाहेक जिल्लामा कुल एक लाख ५२ हजार २३ मतदाता रहेका छन । तीमध्ये ४०१० मतदाताको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २७३७ पुरुष र १२७३ महिला मतदाता छन् ।

सरकारले स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने निर्णयपछि गत माघ २४ गतेदेखि मतदाता नामावली संकलन कार्य रोकेको थियो।



source https://www.onlinekhabar.com/2022/07/1160987

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More