Thursday 21 July 2022

द्रौपदी मुर्मू बनिन् भारतको राष्ट्रपति

५ साउन, काठमाडौं । द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित भएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् ।

भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हून्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मूल्य चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत मुल्य कटाएकी थिइन् ।

उनका प्रतिस्पर्धी सिन्हाले हार स्वीकार गरेका छन् र मुर्मूलाई जितका लागि बधाइ दिएका छन् ।

झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेकी छन् । उनले २५ जुलाईमा राष्ट्रपतिको सपथ लिनेछिन् ।



source https://www.onlinekhabar.com/2022/07/1161419

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More