Saturday 23 July 2022

क्यालिफोर्नियामा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा

८ साउन, काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ ।

योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गत शुक्रबारदेखि लागेको डढेलो २४ घण्टा बितिसक्दा पनि नियन्त्रणमा लिन नसकेपछि मारिपोसा काउन्टीमा आपतकाल घोषणा गरिएको हो ।

‘ओक फायर’ नाम दिइएको उक्त डढेलो नियन्त्रणमा अग्नि नियन्त्रकहरु सक्रिय छन् । डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले जोखिम क्षेत्रका ३ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । करिब एक दर्जन घरहरु नष्ट भइसकेका छन् ।

डढेलो ११ हजार ९०० एकड जमिनमा फैलिइसकेको छ । यसलाई अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो भनिएको छ ।

डढेलो योसेमिटी राष्ट्रिय निकुञ्जको उत्तरपूर्वमा छ । योसेमिटी राष्ट्रिय निकुञ्जलाई संसारकै सबैभन्दा ठूला र सबैभन्दा पुराना केही रेडउड रुखहरुको घरसमेत मानिन्छ । ती रुखहरु यही महिनाको सुरुमा पनि डढेलोको जोखिममा परेका थिए । तर अग्नि नियन्त्रकहरुले त्यो डढेलोबाट रुखहरुलाई जोगाउन सफल भएका थिए ।



source https://www.onlinekhabar.com/2022/07/1162107

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More