२७ असार, चितवन । पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा एक पुरूष मृत फेला परेका छन् । पुलको पिल्लरमा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान सवा ६ बजे मृत भेटिएका ती पुरूष अन्दाजी ५० वर्षका छन् । उनको नाम, थर, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
source https://www.onlinekhabar.com/2022/07/1155715






0 comments:
Post a Comment