Monday 25 July 2022

करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु

१० साउन, राजविराज । सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा सोमबार साँझ करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खड्क नगरपालिका वडा नं ११ बस्ने ६० वर्षका शत्रुहन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो । लामो खडेरीले धानबाली सुक्न थालेपछि खेत सिँचाइ गर्नका लागि मानिस पानीका लागि, मोटर, पम्पसेटलगायतबाट सिँचाइ गर्ने गरेका छन् ।

 



source https://www.onlinekhabar.com/2022/07/1163038

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More