Saturday 23 July 2022

कमल दहमा डुबेर एक जनाको मृत्यु, पश्चिम रुकुममा महिलाको शव भेटियो

८ साउन, रुकुमपूर्व । रुकुमपूर्वमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सिस्ने गाउँपालिका-५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो ।

आज दहमा कमलको पोटा टिप्न गएका विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

विक दहमा डुबेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर उनको उद्धार गरेको थियो ।

विकलाई जिल्ला अस्पताल पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रनाउ डाँगीले बताएका छन् ।

महिलाको शव भेटियो    

रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ निपानेमा अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला परेको छ । ती महिलाको टाउकाको भाग सडेर अलग भएको प्रहरीले फेला पारेको थियो ।

महिलाको पहिचान भने नखुलेको प्रहरी प्रमुख नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । उनका अनुसार शव जिल्ला अस्पताल सल्लेमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2022/07/1162053

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More