Wednesday 20 July 2022

कालो पुलमुनि फेरि फस्यो गाडी

५ साउन, काठमाडौं । बागमती करिडोर अन्तर्गत ललितपुरको सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा मिनी ट्रक फसेको छ । गाडीको आधा भाग पानीमा डुबेको छ ।

केही युवाहरुले डोरीले बाँधेर गाडी निकाल्ने प्रयास गरे पनि सफल भएनन् । यद्यपि अन्य उपाय लगाएर भए पनि गाडी निकाल्ने प्रयास भइरहेको छ ।

सो सडकमा सामान्य वषर्ा हुँदा पनि पानी जम्ने गरेको छ । सो सडकको अवस्थाबारे जानकारी नभएकाहरु त्यहाँ फस्ने गरेका छन् ।

यसअघि २६ जेठमा पनि सोही पुलमुनि जमेको पानीमा गाडी फसेको थियो । यसैगरी २७ असारमा बल्खु पुल मुनिको करिडोर सडकमा पनि गाडी फसेको थियो । ती गाडीलाई डोरीको सहयताले तानेर बाहिर निकालिएको थियो ।

पछिल्लो समय नदी किनारमा करिडोर सडक बनेका कारण बागमती नदी आफ्नै धारमा बगेको छ । तर कतिपय ठाउँमा नदीको सतहभन्दा सडक गहिराइमा हुँदा बेला-बेला डुबानको समस्या पनि देखिने गरेको छ।



source https://www.onlinekhabar.com/2022/07/1161003

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More