Friday 30 September 2022

पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाएनन्

१४ असोज, काठमाडौं। बाराको पचरौता नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाउन सकेका छैनन् ।

नगरपालिकाको नगरसभा बैठक बस्न नसकेकाले तलब दिन नसकेको सूचना अधिकारी गौरी साहले जानकारी दिए ।

नगरपालिकाको विषयमा विभिन्न मुद्दा परेकोले नगरसभा बस्न नसकेको र शिक्षकहरुको तलब बाँड्न नसकेको उनले जानकारी दिए ।

मुद्दाको पेशी यही २५ गते सर्वोच्चमा रहेको र उक्त मुद्दाको सुनुवाईपछि मात्रै काम हुने साहले बताए ।



source https://www.onlinekhabar.com/2022/09/1198880

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More