Saturday 17 September 2022

प्रतिनिधि सभा बैठकमा आज शीर्ष नेताले सम्बोधन गर्ने

१ असोज, काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताले सम्बोधन गर्ने  तय भएको छ ।

आजको संसद बैठक नै यो कार्यकालको अन्तिम बैठक हुनेछ । आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुँदैछ ।



source https://www.onlinekhabar.com/2022/09/1192398

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More