Sunday 25 September 2022

मिस नेपाल प्रियंकाले दुर्गम चेपाङ गाउँमा बिजुली, खानेपानी पुर्‍याइदिने

काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशीले चितवनको इच्छाकामना गाउँपालिकास्थित चेपाङ गाउँ मेतराङमा बिजुली र खानेपानी उपलब्ध गराइदिने भएकी छिन् ।

विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्यूटी विथ पर्पस’को लागि प्रियंकाले परियोजना अघि बढाएकी हुन् । गतसाता गाउँ पुगेर काठमाडौं फर्किएकी उनले खानेपानीको लागि पम्प निर्माण पनि थालेकी छन् ।

त्यहाँको कूल ५८ घरमा बिजुली जडान गर्ने योजना छ । गाउँमा चेपाङको बसोबास भएकाले स्थानीय महिलालाई बिजुली बत्तीको बिल तिर्न र घरखर्च जोहो गर्न मौरीपालन र टपरी बुन्नेजस्ता उद्यमशिलता पनि उनले व्यवस्था गरिदिने छिन् ।

ती उत्पादनलाई मलेखुसहित नजिकको गाउँमा पुर्‍याउने व्यवस्था पनि हुनेछ । बिक्रीबापत महिलाहरुले बजारबाट मासिक पैसा पनि पाउनेछन् । २७८ जनसंख्या रहेको गाउँका पुरुषहरु दशैंतिहार जस्ता चाडपर्वमा मात्र गाउँ फर्कने र अघिपछि कमाउन काठमाडौं, पोखरा र भारत पुग्ने गर्छन् ।

दुर्गम मेतराङका बालबालिकासँग मिस नेपाल प्रियंकारानी जोशी ।

‘गाउँमा महिला, बच्चा र वृद्धवृद्धाहरु हुनुहुन्छ । पुरुषहरु काम गर्न वर्षमा बाहिर जाने र दशैंतिहारमा फर्कने गर्नुहुँदो रहेछ’ प्रियंकाले भनिन् । परियोजनालाई सफल तुल्याउन उनले नीति निर्माण तहमा समेत छलफल चलाएकी छन् ।

नेपाल विगतदेखि नै मिस वर्ल्डको ब्यूटी विथ पर्पस विधाको प्रमुख दाबेदार हो । तीनपटक त नेपालले यो विधा जितेको छ । प्रियंका पनि यो विधा पुनः नेपालले जित्नेमा आशावादी छिन् ।



source https://www.onlinekhabar.com/2022/09/1196942

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More