Friday 16 September 2022

चोलेन्द्रशम्शेर जबरालाई आज बाँकी बयानमा हस्ताक्षर गराएर पुरक प्रश्न सोध्ने

१ असोज, काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज पनि बसेको छ ।

आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बाँकी बयानमा हस्ताक्षर गराएर पुरक प्रश्न सोधिने समितिको तयारी छ ।

जबराको बयान १७४ पृष्ठ लिखत भएको छ । शुक्रबार ६५ पृष्ठमा हस्ताक्षर भएको थियो । बाँकी पृष्ठमा आज शनिबार हस्ताक्षर गराउने तय भएको छ ।

एक/एक पढेर जबराले हस्ताक्षर गरेका छन् । हस्ताक्षर सकिएपछि आजै पुरक प्रश्न सोध्ने तयारी छ । अहिले समितिको बैठक जारी छ ।

जबरा भने बिहान ८:३० भन्दा केही मिनेट अघि नै आइपुगेका थिए । सांसदहरू आइपुग्न ढिलो हुँदा बैठक केही ढिलो सुरु भएको छ ।



source https://www.onlinekhabar.com/2022/09/1192365

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More