Monday 19 September 2022

३० वर्ष भएछ ओलीले कबोलेको, अझै रतुवाको पाता फर्किएन

४ असोज, दमक (झापा) । रतुवा र मावा नदीको बीचमा पर्छ दमकबजार । रतुवा त झन् उत्तरदेखि दक्षिणसम्मै बग्दा झापा क्षेत्र नं. ५ को बाटो भएर जान्छ । तर सधैंभरि उस्तै रहेर आफ्नो लयमा बग्दैन । त्यसैले यस क्षेत्रका नागरिकलाई रतुवाको भरोसा भन्दा आतंक धेरै छ । यो कुरा राज्य संयन्त्रले नबुझेको होइन, नेताहरूले नबुझेका होइनन् । ३० वर्षदेखि रतुवा र मावा आसपासको क्षेत्रलाई नै आधार बनाएर राजनीति गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली त झन् रतुवाको बाढीबारे धेरै नै जानकार छन् ।

त्यसैले उनले २०४८ सालयताको प्रत्येक चुनावमा रतुवा र मावाको पाता फर्काउने घोषणा गरिरहेका छन् । तर कुनै त्यस्तो वर्ष छैन, यी नदीहरूको वितण्डाका कारण किनारका नागरिकको घरबास भत्किएको नहोस्, खेतीपाती गर्ने जमिन गुमेको नहोस् । यसपालिको बाढीले पनि दमक नगरपालिकाको वडा नं. ७, कमल गाउँपालिका-६ को खयरमारा क्षेत्र, गौरादह नगरपालिका-५ चप्रमारी क्षेत्रमा विध्वंस मच्चाएको छ ।

स्थानीय तहको चुनावमा भोट माग्ने नेताहरूले तटबन्ध गरिदिन्छौं भनेका थिए, आउँदै गरेको संघीय र प्रदेशको निर्वाचनमा पनि रतुवाको बाँध नै भोट माग्ने माध्यम हुँदैछ भन्ने यस क्षेत्रका नागरिकलाई राम्रै गरी थाहा छ । भाषण सुनेपछि जनताले भरोसा गरेर २०७४ को निर्वाचनमा एमाले अध्यक्ष ओलीलाई भोट हालेकै हुन् । त्यसअघिका अरू ६ वटा निर्वाचनमा पनि ओलीलाई भोट हालेकै थिए जनताले । उनी प्रधानमन्त्री पनि भए । तर ओलीले भाषण गरेझैं रतुवा र मावाको पाता फर्किएन, बरु बस्ती र बालीतिर पसेको बाढीले जनताको विचल्ली बनायो ।

रतुवाको बाढीले विचल्लीमा पर्नेमध्येकै हुन् दमक-७ की ६० वर्षीया विष्णुमाया लिम्बू । यो ठाउँमा आफ्नो परिवार कहिलेदेखि बस्दै आयो लिम्बूसँग हिसाब पनि छैन । तर बाँध नबाँधेकै कारण रतुवा उनको बस्तीतिर सर्दै-सर्दै आयो । पोहोर कात्तिकमा आएको बाढीले लिम्बूको आधा घर भत्काइदियो, यसपालि बर्खाको भेलले केही पनि बाँकी नराखी घरै लग्यो ।

लिम्बू रतुवाले नामोनिसानै नछोडी भत्काएको घरछेउमा ठेला राखेर अहिले चटपटे बेच्छिन् । उनको जीविकोपार्जनको माध्यम नै अहिले त्यही चटपटे पसल हो । रतुवाभन्दा अलिपर उनले मासिक २ हजार तिर्ने गरी कोठा भाडामा लिएकी छिन् । ‘यो त हाम्रो सम्पत्ति हो नि ! आफू बसेको ठाउँको माया-ममता हुन्छ नि’ लिम्बूले भनिन्, ‘पहिले त खोला अलिपर थियो । बाँध लगाइदिएको भए हाम्रो घर नै बगाउँदैनथ्यो । भोट माग्न आउँदा त बाँध लगाइदिन्छु भन्दैथिए, अहिले त मलाई भोट हाल्नै मन छैन ।’

यी नदी नियन्त्रणको पहलै नभएको भने होइन । रतुवा र मावा नदी तीन वर्षमा नियन्त्रण गरिसक्ने भनेर एक वर्षअघि नै सम्झौता भएको थियो । एशियाली विकास बैंकको ऋण सहयोगमा रतुवा र मावाका १९ ठाउँमा तटबन्ध निर्माण गर्न ठेक्का लागेको छ । तर एक वर्ष बितिसक्दा पाँच प्रतिशतसम्म पनि काम भएन । ठेक्का लाग्दा पनि काम नभएपछि रतुवा छेउका बस्ती र खेतमा अहिले पनि बाढी पस्यो । बाढीले आधा घर भत्काएपछि बस्न नसकेर रातारात डेरा सरिन् दमक-७ की डालु शेर्पा । तर दिनभरि उनी त्यही भत्किएको घर हेर्न किनारातिर पुग्छिन् । उनलाई नेताहरूले बाचाअनुसार काम गरेको भए अहिले आफ्नो घर भत्किने थिएन भन्ने लाग्छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा एक वर्षअघि रतुवा र मावाका १९ ठाउँमा नदी नियन्त्रणका लागि ठेक्का लागेको छ । चिनियाँ कम्पनी एचजेएमसी तथा नेपाली कम्पनीहरू मैनाचुली, रोशन निर्माण कम्पनीले संयुक्त रूपमा ठेक्का लिएका थिए । एक अर्ब रुपैयाँमा बनाउने भनिएको तटबन्धका लागि १९ ठाउँमा बाँध लगाउने भनेर यी कम्पनीहरूले २०७८ जेठमा ७३ करोडमा सम्झौता गरेका थिए । सम्झौता गरेपछि स्थानीय नागरिकलाई अब रतुवा र मावाले फेरि दुःख दिन्न भन्ने लागेको थियो । तर एक वर्षमा पाँच प्रतिशत पनि काम भएन । बाढी यसैपालि पनि आयो ।

खोलामा बाढी आउँदा मात्रै होइन, आकाश गड्याङगुडुङ गर्दा पनि स्थानीय बासिन्दाको मनमा डर पैदा हुन्छ । कमल गाउँपालिका-६ खयरमारीका देवेन्द्र माझी खोलाको आवाज बढ्ने बित्तिकै मनको शान्ति र आँखाको निद्रा हराउने अनुभव सुनाउँछन् । ‘पहिले पहिले त बजेट पनि आएन । अहिले बजेट त आयो तर काम आएन’ माझी सुनाउँछन्, ‘यसपटक बजेट त पाए नि तर सक्नुपर्ने काम सकेनन् ! चुनावको भाषण गर्दा खोलाको पाता फर्काउँछु भन्थे, उल्टै हाम्रो पाता फर्काए । चुनाव सकिएपछि सबै नेता आ-आफ्नो पार्टीतिर फर्किए ।’

प्रधानमन्त्री भएर पनि एमाले अध्यक्ष ओलीले आफूहरूका लागि केही काम नगरेको दुःखेसो गर्छन् माझी । ‘हाम्रो भोटले केपी ओली प्रधानमन्त्री नै बन्नुभयो । तर उहाँ प्रधानमन्त्री भएपछि केही गर्नुभएन’ माझीले भने, ‘पानी पर्दा राति खुब डर लाग्छ, राति कहिले त बस्तुभाउ छोडेर पनि भाग्यौं । पानी पर्दा शीतल हुनुपर्ने, निद्रा लाग्नुपर्ने हो, तर खोला कराएपछि निद्रै लाग्दैन, कतिपटक घाँटी-घाँटी पानी आएको छ । पोहोर पनि भत्कायो, अहिले पनि उस्तै छ ।’

आफूहरूले पटक-पटक समस्या राख्दा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ । ठेक्का हात पारेका मध्ये मैनाचुली कन्स्ट्रक्सन दमक नगरपालिकाका मदन अधिकारीको हो । उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकटका व्यवसायी मानिन्छन् ।

मदन गत वैशाख २९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दमक नगरपालिकामा एमालेको तर्फबाट मेयरको उम्मेदवार भएकी गीता अधिकारीका श्रीमान् हुन् । मदन सत्ता र शक्तिको आडमा भएकाले समयमै काम नसके पनि विरोधका स्वर नसुनिएको दमक नगरपालिकाका प्रमुख राम थापा बताउँछन् ।

‘जनता त बिहान-बेलुकै कराउँछन् नि, तर हामी मात्रैको तागतले हुने कुरा पनि भएन’ थापाले भने, ‘ठेक्का पाएका मान्छेलाई शक्तिकै आडभरोसा छ, जे गरे पनि भयो । तीन वर्षको समयसीमा छ, तीन वर्षमा सिध्याउन पनि आधाउधी प्रगति हुनुपर्‍यो नि त, केही गरेकै छैन !’

तस्वीर : चन्द्रबहादुर आले

ओलीलाई अलोकप्रिय बनाएको आदिवासी रंगशाला

ओलीलाई अलोकप्रिय बनाएको आदिवासी रंगशाला

झापाको कमल गाउँपालिकामा रहेको आदिवासी रंगशालाको नाम एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला परिवर्तन गरेर मदन भण्डारी रंगशाला राखियो । तर…

२०७९ भदौ २७ गते २०:१०
 1

झापा ५ मा ओलीसँग लड्न चाहनेहरुका एजेण्डा के छन् ?

झापा ५ मा ओलीसँग लड्न चाहनेहरुका एजेण्डा के छन् ?

२६ भदौ, दमक (झापा)। प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि झापा क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत सिफारिस गरेसँगै नेकपा एमालेले…

२०७९ भदौ २६ गते २०:२५
 1

झापा ५ मा ओलीलाई रामभरोसा

झापा ५ मा ओलीलाई रामभरोसा

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा २८ हजार ८४२ मतान्तरले विजयी एमाले अध्यक्ष केपी शर्मा ओली यसपालि त्यही झापा ५ मा रक्षात्मक स्थितिमा छन् ।

२०७९ भदौ २४ गते २१:२९
 6

यस्तो छ ओलीको निर्वाचन क्षेत्रको हिसाबकिताब

यस्तो छ ओलीको निर्वाचन क्षेत्रको हिसाबकिताब

२४ भदौ, (दमक) झापा । २०४८ यताको कुनै संसदीय चुनाव छैन, जसमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार नभएका होउन् । ०४८…

२०७९ भदौ २४ गते २०:०६
 1

चुनावी गतिविधि गर्न ओलीलाई झापामा विवादास्पद ठेकेदारको घर

चुनावी गतिविधि गर्न ओलीलाई झापामा विवादास्पद ठेकेदारको घर

२३ भदौ, (दमक) झापा । हेटौंडाका विकास गौतमले झापाको दमकमा आलिसान घर किने । पेशाले निर्माण व्यवसायी रहेका गौतमले करिब डेढ करोडमा किनेको…

२०७९ भदौ २३ गते २१:०३
 3

अविच्छिन्न ओली, अस्थायी प्रतिस्पर्धी

अविच्छिन्न ओली, अस्थायी प्रतिस्पर्धी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०४८ सालयता दक्षिणी झापाको गौरीगञ्ज क्षेत्रबाट संसदीय चुनावमा निरन्तर प्रतिस्पर्धा गरिरहँदा उनका प्रतिस्पर्धी भने चुनावैपिच्छे फेरिएका…



source https://www.onlinekhabar.com/2022/09/1193850

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More