Wednesday 14 September 2022

काठमाडौंबाट फर्कियो चिनियाँ टोली

३० भदौ, काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको प्रतिनिधिमण्डल चार दिने भ्रमण पूरा गरी काठमाडौंबाट फर्किएको छ ।

चिनियाँ टोलीलाई सभामुख अग्नि सापकोटाले आज बिहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।

जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष चान्सु यही भदौ २७ गते काठमाडौं आएका थिए । सोही दिन सभामुख सापकोटासँगको भेटवार्ता पछि अन्तरसंसदीय सहयोग सम्बन्धी दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री सभामुखका प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए । उनले बुधबार भक्तपुर दरबार स्क्वायरको पनि भ्रमण गरेका थिए ।



source https://www.onlinekhabar.com/2022/09/1191138

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More