Sunday 18 September 2022

पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्न, ९९८ विभूषित हुँदै

३ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।

संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको हो ।

यो पटक नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ ।

यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।

विभूषित हुनेहरूको नामावलीका लागि यहाँबाट हेर्न सकिनेछ  ।



source https://www.onlinekhabar.com/2022/09/1193229

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More