Monday 19 September 2022

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

४ असोज, बागमती । मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वकैया-११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए ।



source https://www.onlinekhabar.com/2022/09/1193912

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More