Wednesday 28 September 2022

बागलुङको गल्कोटमा लक्ष्मी बैंकको नयाँ शाखा

काठमाडौं । लक्ष्मी बैंकले बागलुङको गल्कोट नगरपालिका–३ स्थित हटिया बजारमा नयाँ शाखा विस्तार गरेको छ ।

नयाँ शाखामार्फत रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य रहेको बैंकले जनाएको छ ।

नयाँ शाखाको सुरुवातसँगै ५० जिल्लामा १४३ शाखा सञ्जाल, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७७ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ७१ शाखरहित बैंकिङ एजेन्टहरु पुगेको लक्ष्मी बैंकले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/09/1197932

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More