Friday 23 September 2022

आजदेखि चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा रोक, खुलामञ्चमा पार्किङको व्यवस्था

८ असोज, काठमाडौं ।आजदेखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौंको न्युरोड प्रवेश गर्न रोक लगाइएको छ ।

चाडपर्वको समयमा हुने चाप घटाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश गर्न रोक लगाएको हो ।

यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । यो व्यवस्था फूलपाती अर्थात यही असोज १६ गतेसम्म कायम रहने कार्यालयले जनाएको छ ।

फूलपातीको दिनसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप कम नभएसम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

सवारी चाप कम गरी दुर्घटना न्यनीकरण गर्न यस्तो व्यवस्था गरिएको भन्दै ट्राफिक कार्यालयले तोकिएकै ठाउँमा पार्किङ गर्न आग्रह गरेको छ ।

 



source https://www.onlinekhabar.com/2022/09/1196070

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More