Thursday 22 September 2022

सशस्त्रमा ७१ इन्सपेक्टर र ८३ असईका लागि जागिर खुल्यो

७ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलले अधिकृत तहमा भर्ना खुलाएको छ ।

७९ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकमा भर्ना खुलाएको हो ।

७९ निरीक्षक मध्ये ७१ जना साधारण उपसमूह र ८ जना कानुन उपसमूहका लागि भर्ना खुला गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

इच्छुक व्यक्तिले कात्तिक ६ गतेसम्म आवदेन दिनसक्नेछन् । उक्त अवधिभित्र तोकिएका कार्यालयमा आवेदन दिन सकिनेछ ।

निरीक्षकमा फाराम भरेकाहरुले मंसिर १५ गते प्रधान कार्यालय हलचोक र सहायक निरीक्षकमा फाराम भरेकाहरुले पनि सोही दिन फाराम भरेकै ठाउँमा सम्पर्क गर्नु पर्नेछ ।



source https://www.onlinekhabar.com/2022/09/1195587

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More