Thursday 13 April 2023

मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न कोशी अस्पताल र प्रत्यारोपण केन्द्रबीच सम्झौता 

३० चैत, विराटनगर । विराटनगरमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि कोशी अस्पताल विराटनगर र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच सम्झौता भएको छ ।

मिर्गौला प्रत्यारोपण र मिर्गौलासम्बन्धी अन्य सेवा विस्तारका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको  सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पतालबीच सम्झौता भएको हो ।

समझदारी पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट मेसु डा.रविराज सिंहले हस्ताक्षर गरेका छन् ।

कोशी अस्पतालबाट मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने र प्रदेश अन्तर्गत विभिन्न अस्पतालमा डायलिसिस सेवा विस्तार गर्ने सम्झौता पत्रमा उल्लेख  छ ।

कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु गर्दा चाहिने जनशक्ति र उनीहरूलाई तालिम, अध्ययनका लागि  सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले व्यवस्थापन गर्नेछ ।

कोशीमा अस्पतालमा डायलिसिसका लागि ८ वटा शैय्या  छन् । सम्झौता पछि कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि चाहिने संरचना निर्माणको तयारी सुरु गर्ने अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले बताए ।



source https://www.onlinekhabar.com/2023/04/1291801

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More