Saturday 22 April 2023

अख्तियारसम्बन्धी विधेयकमा चेम्बरको विरोध

१० वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न पाउने गरी कानुन संशोधन गर्न लागिएकोप्रति नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्था समावेश गरी राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा पठाएकोप्रति चेम्बरको गम्भिर असहमति रहेको बताए ।

निजी क्षेत्रमा नियमन गर्ने निकायहरु हुँदाहुँदै अख्तियारको क्षेत्राधिकार भित्र पार्न खोज्दा वेथिति बढ्ने र उद्योगी व्यवसायीहरु हतोत्साही हुने चेम्बरको ठहर छ ।

‘निजी क्षेत्रमा समेत अनुसन्धान गर्न सक्ने प्रस्तावित व्यवस्थाले निजी क्षेत्रको कार्यक्षमतामा ह्रासका साथै बैदेशिक लगानी समेत प्रभावित हुने देखिन्छ । विधेयकमा उल्लेखित व्यवस्थाले व्यवसायिक निर्णय लिन कठिन हुने अवस्था सिर्जना हुन्छ,’ नेपाल चेम्बर अफ कमर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



source https://www.onlinekhabar.com/2023/04/1296349

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More