Thursday 20 April 2023

सुनको मूल्य घट्यो, चाँदीको स्थिर, कतिमा भइरहेको छ कारोबार ?

७ वैशाख, काठमाडौं । बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य पाँचसय रुपैयाँले घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ३०० र तेजावी सुनको मूल्य १ लाख ९ हजार ७५० रुपैयाँ तोकिएको थियो ।

चाँदीको प्रतितोला मूल्य भने बुधबारकै कायम रहेको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४४५ रुपैयाँ तोकिएको छ ।



source https://www.onlinekhabar.com/2023/04/1295077

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More