Friday 14 April 2023

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

२ चैत, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको सय वर्षको उमेरमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा आज बिहान सवा पाँच बजे राधादेवीको निधन भएको हो ।

केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या थियो ।

सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भइसकेको छ ।

नइ प्रकाशनका संस्थापक नरेन्द्रराज प्रसाईंका अनुसार वाङ्‍‍मय शताब्दी पुरूष डा.सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले २०७७ साल माघ ३० गते नइ प्रकाशनद्वारा आयोजित ‘शरीर दान घोषणा सभा’मार्फत चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आ-आफ्नो शरीर दानको घोषणा गरेका थिए । सोही घोषणाअनुसार सत्यमोहनको पार्थिव शरीर किस्ट अस्पतालमै राखिएको छ ।



source https://www.onlinekhabar.com/2023/04/1292575

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More